इम्बोस्ड नम्बर प्लेट : आगामी बैशाखदेखि कार्यान्वयनमा आउने

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ चैत्र ४, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाण्डौ । सरकारले ०७३ जेठ १७ देखि औपचारिक रुपमा इम्बोस्ड नम्बर प्लेट छपाइ सुरुवात गरेको थियो । तर त्यसमा प्रयोग भएको अक्षर अङग्रेजी मात्रै भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि छपाई नै रोकिएको थियो । सरकारले यसरी मुद्दा परेपछि रोकिएको सवारी साधनमा डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट राख्ने काम पुनः सुरु गर्ने भएको छ ।

गत मंसिर २७ मा सर्बोच्च अदालतले उक्त रिट खारेज गरेपछि यातायात व्यवस्था विभाग पुरानै प्रक्रियाबाट अघि बढ्ने भएको छ । नयाँ नम्बर प्लेट राख्ने प्रक्रिया पुनः सुरु गर्न विभागले सम्पूर्ण तयारी पूरा गरिरहेकाले आगामी बैशाखबाट नै जडान सुरु गरिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार अहिले विभागले ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट छपाइ गर्न ०७३ बैशाखमा ठेक्का सम्झौता भए अनुसार नै इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनी डेकाटु टाइगर तयार भएकाले विभागले कर्मचारीहरुलाई तालिम समेत दिइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस