चैत्र ५, काठमाडौं । थानकोट डिपोबाट मंगलबार एकैदिन ११ लाख ६६ हजार लिटर पेट्रोल र १४ लाख ७ हजार लिटर डिजेल बिक्री भएको छ । नेपाल आयल निगमका अनुसार सोमबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि साविकको मागभन्दा करिब दोब्बर इन्धर बजार पठाइएको हो ।
पछिल्लो समय पेट्रोलियम पदार्थको माग निकै बढेको छ । थानकोटमा रहेको प्रादेशिक कार्यालयमा भण्डारण क्षमता ५३ लाख १० हजार लिटर पेट्रोल, ८५ लाख लिटर डिजेल र ७ लाख ६० हजार लिटर मट्टितेल हो । अहिले भण्डारण उल्लेखित क्षमताको ८० प्रतिशत मौज्दात छ ।