निर्यातकर्तालाई साढे दुई अर्ब अनुदान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ५, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाण्डौ । व्यापार घाटाको आकार फराकिलो बन्दै गएपछि निर्यातकर्तालाई प्रोत्साहनस्वरूप सरकारले उपलब्ध गराउँदै आएको नगद अनुदान साढे दुई अर्ब रुपियाँ नाघेको छ । उत्पादनको मूल्य अभिवृद्धि अनुसार कुल मूल्यवृद्धिको तीनदेखि पाँच प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

आर्थिक वर्ष २०६८÷६९ देखि कार्यान्वयनमा आएको यस्तो व्यवस्था अनुसार निर्यातकर्लाले दुई अर्ब ५४ करोड रुपियाँ नगद अनुदान प्राप्त गरिसकेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको नेपालको वैदेशिक व्यापार प्रवृत्तिसम्बन्धी प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस