चैत्र ७, काठमाण्डौ । सरकारले खाना पकाउने ग्यास लगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो । कोरोना भाइरसको त्रासले अहिले बजारमा ग्यासको कालोबजार बढ्ने आँकलनले ५ बर्ष कैद हुनेभएको हो ।