लामिछाने पछी सुष्माको घोषणा : एक महिनाको घरभाडा छुट ! भन्छिन्-‘मानविय धर्म हो’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ९, आईतबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाण्डौ । अहिले बिश्वभर कोरोनाको महामारीले त्रसित बनाएको छ । कोरोनाको त्रास सँगै बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको पनि अभाव सिर्जना हुने डरले मानिसहरुले अतिरिक्त सामाग्री थुपार्ने थालेका छन् भने काठमाण्डौमा रहेका अधिकास मानिसहरु घर फर्किसकेका छन् । कोरोनाको महामारीमा आर्थिक मन्दी बढेपछि समाजसेवी सुष्मा राईले भने आफ्नो घरमा भाडामा रही ब्यवसाय गर्दै आएका सवैलाई एक महिनाको भाडा छुट दिने निर्णय गरेकि छिन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) कि पूर्व आइसिसि सदस्य तथा जनताटाइम्स डटकमकी प्रबन्ध निर्देशकसमेत रहेकी राईले आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेकि हुन् । उनले ग्वार्कोस्थित आफ्नो घरमा बसेकाहरुलाई एक महिनाको भाडा छुट दिने घोषणा गरेकी हुन् । त्रासमा रहेका ब्यक्तिहरुलाई सहयोग गर्नु मानविय धर्म भएको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस