चैत्र ११, काठमाण्डौ । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले कोरोना भाइरसबिरुद्ध सरकारले स्थापना गरेको कोषमा आफ्ना एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । उनले ट्विटर मार्फत उक्त घोषणा गरेका हुन् । कमिसनका लागि बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि पूर्वसञ्चारमन्त्री बास्कोटाले केही महिनाअघि राजीनामा दिएका थिए ।