काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग घोषणा गर्ने क्रम चलिरहँदा एनसेलले १० करोड दिने घोषणा गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले जानकारी दिए ।