करिब दुई महिनापछि नेपाल–चीन व्यापारिक नाका खुला, भारततर्फको सिमा ठप्प

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १४, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र १४,रसुवा । करिब दुई महिनापछि सरकारले नेपाल–चीन व्यापारिक नाका खुला गरेको छ । सरकारको निर्णयपछि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएका हुन् ।

भन्सार विभागमा महानिर्देशक सुमन दाहालले नाकाबाट भन्सार जाँचपास सुरु भएको जानकारी दिए । उनका अनुसार माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो ।

तर, त्यसअघि पुसको मध्यबाटै चीनतर्फको भूभागमा भएको हिमपातले पनि नाका खुले पनि सामान भित्रिन सकेको थिएन । तत्कालका लागि यी नाकाबाट सामान र सवारी आवागमन मात्रै सञ्चालन हुनेछ ।

यसका लागि ढुवानीमा सहभागी हुने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यागमन तथा भन्सारका कर्मचारी, यार्डमा रहने श्रमिकहरु र आयातीत वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन डिस्इन्फेक्सन गरिनेछ ।

नेपालीहरुले लैजाने कन्टेनर चिनियाँले लोड गर्नेछन् र उक्त कन्टेनर चालकले नेपाल ल्याउनेछन् । दुबै देशतर्फ हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै नेपाली चालकहरुले चिनियाँ नागरिकलाई नछोई आवत–जावत गर्ने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले बताए ।

तातोपानी नाकामा अध्यागमन नहुने भएकाले यहाँबाट भने नेपाली चालकले नै हरेक दिन खासा पुगेर सामान ल्याउनेछन् । तर, चिनियाँ नागरिक र सामानलाई लोड गर्ने समयमा समेत छुनु नपर्ने प्रबन्ध गरिएको छ । दुबै नाकामा सुरक्षाकर्मी, भन्सार, खाद्य तथा वनस्पति क्वारेन्टाइन र रसुवागढीतर्फ अध्यागमनको सबै तयारी चुस्त पारिएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

कोरानाले महामारी रुप लिएपछि भारततर्फको सिमा नाका भने ठप्प छन । भारत र नेपाल सरकारले यतिबेला मुलकमा लक डाउनको घोषणा गरेका छन । सोही अनुसार दुई देशका सिमा नाका भने बन्द रहेका हुन । भारतले बुधबारबाट २१ दिनको लक डाउनको घोषणा गरेको छ भने नेपालले भने मंगलबारदेखि एक साताको लक डाउन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस