वैशाख ३ सम्म हवाई सेवा बन्द, लकडाउन १ साता थप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १७, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाण्डौ । सरकारले हवाई सेवा लगाएको प्रतिबन्ध थप गरेको छ । सरकारले अन्तर्राष्ट्रिय हवाई सेवाको उडान अवतरणमा वैशाख ३ गतेसम्मका लागि रोक लगाउने निर्णय गरेको छ । आइतबार कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरी समन्य समितिको बैठकले हाल कायम रहेको अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप २०७७ सालको वैशाख ३ गतेसम्म कायम रहने निर्णय गरेको हो ।

बैठकमा भएको निर्णयहरू सार्वजनीक गर्दै प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले हवाई सेवा वैशाख ३ गतेसम्म थप गर्न निर्णय भएको जानकारी दिए । उनले भने, “हवाई सेवाको उडानमा अप्रिल १५ तारिखसम्म प्रतिबन्ध लगाउने निर्णय गरेका छौं ।”
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित संक्रमण रोकथाम गर्न अन्तर्राष्ट्रिय हवाई सेवामा प्रतिबन्ध लगाउने बताएका थिए । उनले भने, “नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा आगामी चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको बताएका थिए ।”
सरकारको निर्देशन निर्णय कार्यान्वयन गर्दै हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत ९ गते आइतबार ९राति ११ः५९० देखि १० दिनसम्मका लागि नेपाल प्रवेश गर्न सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । आन्तरिक उडानमा भने सरकरले चैत ११ गतेदेखि १८ गतेसम्म रोक लगाएको थियो । प्राधिकरणका अनुसार सबै प्रकारको हवाई सेवा भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा नै प्रतिबन्ध भएको जनाएको छ । नेपालको हवाई सेवामा ७ दशकको इतिहासमा व्यावसायिक उडानका सबै प्रकारको हवाई उडान प्रतिबन्ध लगाइएको पहिलो पटक हो ।

ताजा अपडेट

खोजी गर्नुहोस