मानव अधिकार आयोगले २ करोड सरकारलाई फिर्ता गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमहरु बाहेक अन्य कार्यक्रम स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसका लागि विनियोजित बजेट मध्ये दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले उक्त रकम कोरोना भाइरसको नियन्त्रण र रोकथाममा प्रयोग गर्न सरकारलाई आग्रह गरेको छ । साथै आयोगले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न सबैलाई अपील गर्दै सरकारलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस