लकडाउन अवधिको लागि प्लेन टिकट काट्नु भएको थियो ? कहिले दिन्छन् पैसा फिर्ता ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाण्डौ । लकडाउन सुरु हुनु अगावै आन्तकरि यात्राको लागि काटिएका हवाई टिकटको पूरै पैसा फिर्ता हुने भएको छ । चैत्र १० गतेदेखि चैत्र २५ गतेसम्मको उडानका लागि काटिएका टिकटको पूरै पैसा फिर्ता हुने आन्तरिक हवाई व्यवसायीहरुले जनाएका छन् ।

कुन एयरलाइन्सले कहिले दिन्छन् पैसा फिर्ता ?
आन्तरिक हवाईसेवा प्रदायक कम्पनीहरुले लकडाउन अवधिको लागि काटिएका टिकटको पूरै पैसा फिर्ता गर्ने जनाएपनि कम्पनी नै पिच्छे फरक फरक मितिबाट पैसा फिर्ता सुरु हुनेछ । केही गन्तव्यमा अन्तराष्ट्रिय उडानसमेत भर्दै आएको बुद्ध एयरले चैत्र २६ पछि पैसा फिर्ता हुने बताएको छ । जुन ट्राभल एजेन्सीबाट टिकट काटिएको हो त्यहीबाट वा बुद्ध एयरको कार्यालयबाट पूरै पैसा फिर्ता दिईने कम्पनीले जनाएको छ ।

यति एयरलाइन्सले पनि पुरै पैसा फिर्ता दिने अथावा टिकट खरिद गरेका यात्रुले अर्को मितिमा यात्रा गर्न चाहे टिकटको पुर्नतालिकीकरण गर्न सकिने जनाएको छ । पैसा नै फिर्ता चाहाने यात्रुले भने चैत्र २६ पछ टिकट काटेको ट्राभल कम्पनीरएजेन्सी वा एयरलाइन्सकै कार्यालयमार्फत पैसा फिर्ता पाउने कम्पनीले जनाएको छ ।

अन्य हवाईसेवा प्रदायक कम्पनीहरुले पनि पूरै पैसा फिर्ता र टिकटको पुर्नतालिकीकरणको सुविधा ल्याउने बताएका छन् । सुरुमा चैत्र १८ गतेसम्म लकडाउन तोकिएकोमा सरकारले चैत्र २५ गतेसम्म अवधि थप गरेको छ । अन्तराष्ट्रिय उडान भने बैशाख ३ गतेसम्म नै स्थगित हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस