चैत्र २४, चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुर परिसरमा स्थापना गरिएको कोभिड १९ को प्रयोगशालमा आएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य, जिल्लास्थित दलका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब प्राविधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुरूआत गरेकी छन् ।
भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी सञ्चालनमा ल्याइएको प्रयोगशालामा विशेषज्ञ र प्राविधिकसमेत २० जना खटिएका छन् । प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार अहिले एक सिफ्टमा ९० वटा नमूना परीक्षण गर्न सकिने छ । क्षमता विस्तार गरेर एकै दिनमा ९०० सम्म नमूना परीक्षण गर्न सक्ने गरी पूर्वाधार बनाइएको शर्माले बताए । रासस