लकडाउनको १४औं दिन : उल्लंघन गर्नेको सँख्या बढ्दो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २४, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन लगाएको सोमबार १४ औं दिन भएको छ । गएको चैत ११ गते सरकारले लकडाउन लगाएको थियो । एक हप्ताका लागि सुरुआतमा लगाइएको लकडाउन पहिलो पटक थपेर चैत २५ सम्म पुर्याइएको थियो । यो समय फेरि एक हप्ता थप्ने तयारी भइरहेको बुझिएको छ । तर सरकार भने चुप लागेर बसेको छ ।

मंगलबार सकिँदै गर्दा सरकारले अहिलेसम्म समय थप्ने वा नथप्ने भनी निर्णय गरिसक्नु पर्दथ्यो । तर चुपचाप बसिरहेको छ । लकडाउनको समय भने अझै लम्ब्याउनु पर्ने आवाज उठिरहेका छन् । कोरोना संक्रमित ९ जना भइसकेको र सुदूरपश्चिममा कोरोनाको संक्रमण दोस्रो चरणमा पुगेकाले त्यो झनै खतरा हुने चिकित्सकहरुले बताएका छन् ।
लकडाउन उल्लंघन गर्ने भने बढ्दै गएका छन् । आइतबार काठमाडौं उपत्यकाबाट प्रहरीले २ हजार भन्दा बढीलाई पक्राउ गरेको थियो । रमिता हेर्न र घरमा बस्दा अल्छि लागेर लकडाउन तोड्दै सडकमा हिँडनेहरु पनि रहेका छन् । त्यस्तै सवारी साधन चलाएर हिँड्नेहरु पनि छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक महेशराज पाठकका अनुसार ५०३ वटा दुई पांग्रे र ४६ वटा चार पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको छ । सोमबार पनि उल्लंघन गर्नेहरु उल्लेख्य रहेको बताइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव निरीक्षक पशुपति बस्ताकोटीले बिहान दिएको जानकारी अनुसार बाहिर निस्केका २८५ जनालाई होल्ड गरिएको थियो । प्रहरीले पक्राउ गरेकालाई ३ घण्टा होल्डमा लिएर सचेतना क्लास दिएर छाड्ने गरेको छ । तर पनि रहर हो कि वाध्यता हो मान्छे सडकमै होमिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस