चैत्र २५, धुनिबेशी । कोरोना भाइरस कोभिड १९ का कारण त्रासमा रहेको अबस्थामा सुरक्षाका सामाग्रीहरु बितरणको कार्यक्रमहरु चलिरहेका छन् । धादिङको धुनिबेशी नगरपालिकाका लागी स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको छ । धादिङका यूवा नेता एवम् समाजसेवी बिनोदराज पाण्डेको सहयोगमा धुनिवेशी नगरपालिकाका नगर प्रमुख वालकृष्ण आचार्यलाई सामाग्री हस्तान्तरण गरिएको युवा नेता बिनोदराज पाण्डेले बताएका छन् ।
नेकपा धुनिबेसीका सचिवालय सदस्यसमेत रहेका पाण्डेले १० थान पिपिई सेट, २०० पिस ग्लोब्स, सेनीटाईजर, १ सय थान हेड कभर लागयतका सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । उनले आगामी दिनमा सहयोगको दायरा अझ बढाउने अनलाईनकेन्द्रलाई बताए ।