बागमती प्रदेशका अस्पतालमा सेवाहरु राम्रो छ : प्रेस बक्तब्य

Post Thumbnail

बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बिश्व त्रसित भएको अबस्थामा बागमती प्रदेश भने सुरक्षित रहेको सरोकारवालाहरु बताईरहेका छन् । एक प्रेस बक्तब्य जारी गर्दै बागमती प्रदेशका सबै जिल्लामा सुरक्षा मापदण्ड पुगेकाले यहाँ कोरोना फैलिने सम्भावना कम रहेको बक्तब्यमा बताईएको छ ।

आज सम्म विश्वका २०८ भन्दा बढि देशका १३५२१५८ जनामा COVID 19 को संक्रमण देखा परिसकेको छ भने यसैको कारण ७५, २९४ जनाको मृत्यु नै भइ सकेको छ । यस्तो विषम परिस्थितिमा हाम्रो जस्तो विकास्वन्मुख मुलुकहरूका लागि यसको रोकथाम, नियन्त्रण र उपचारमा चुनौंति हुनु स्वभाविक हो । यद्देपि यहाँहरुलाई अवगत नै छ, मुलुकमा रहेका आफ्ना नागरिकहरुमा संक्रमण बढ्न नदिन नेपाल सरकारले केहि दिन देखि सम्पूर्ण राष्ट्रलाई Lock Down गरी देश बाहिरबाट आएका नागरिकहरुको खोजपड्ताल गर्ने र शंकास्पद विरामीहरुलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राखी स्वाव परीक्षण गरि उपचार समेत गरिरहेको छ र आवयसको सम्पूर्ण विवरण नियमित रूपमा हामीले यहाँहरुलाई मेल मार्फत जानकारी पनि गराइ रहेका छौं ।

यस्तो अवस्थामा हाम्रा अस्पतालहरूबाट नियमित रुपमा गर्दै आएको स्वास्थ्य उपचारमा केहि समस्या आउनु स्वभाविक हो तर हामी सचेत छौं, हाम्रो प्रदेश मातहतमा रहेका सबै अस्पतालहरूमा Fever clinic को नयाँ व्यवस्थापन सहित हाम्रो नियमित सेवालाई यस विषम परिस्थितिमा पनि हामीले अवरूद्ध हुन दिएका छैनौं र हुन नदिनका लागि निरन्तर Follow up पनि गरि रहेका छौं । प्रदेश भित्रका स्वास्थ्य संस्थाहरूबाट COVID 19 को रोकथाम, नियन्त्रण र उपचारमा आवस्यक बजेट तथा सामग्रीहरुको आपूर्ति गर्ने कार्यलाई पनि निरन्तर जारी राखेका छौं । यसैगरी प्रदेश भित्रका नीजि अस्पतालहरुलाई पनि सेवा सुचारू राख्न अनुरोध गरिसकेका छौं भने यदि सेवा निरन्तर नभएमा नियमानुसार कारवाहिको प्रक्रियामा जाने सूचना समेत सार्वजनिक गरि सकेका छौं । उदाहरणको रूपमा हेटौंडा अस्पतालमा नीजि सहकारी र सामुदायिक स्वास्थ्य संस्थाहरूसंगको सहकार्यमा COVID 19 को व्यवस्थापन सहित अस्पतालको नियमित सेवा सुचारू भइरहेको व्यहोरा समेत यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।

यसर्थ यस प्रकारको विषम परिवेशमा यहाँहरूबाट स्वास्थ्यकर्मी सहित जनताको मनोवल बढ्ने गरी यथार्थ सूचना सम्प्रेषण होस् भन्ने हाम्रो चाहना छ । यस सन्दर्भमा हाम्रो प्रदेश अन्तर्गत स्वास्थ्य सेवा प्रवाहमा कुनै सुझाव भए मेल मार्फत जानकारी गराइदिनु भएमा हामी आभारी हुनेछौं । COVID 19 को रोकथाम र नियन्त्रणमा यहाँहरूले गरीरहनु भएको योगदानको लागि हार्दिक धन्यवाद ।

ताजा अपडेट

खोजी गर्नुहोस