सेनाद्धारा खरिद गर्ने स्वास्थ्य सामग्रीका लागि ५ देशमा पत्राचार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २६, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २६, काठमाण्डौ । स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ५ देशमा औपचारिक पत्र पठाएको छ । नेपाली सेनाको सिफारिसमा परराष्ट्र मन्त्रालयले ती देशमा पत्र पठाएको हो । सेनाले स्वास्थ्य सामग्री खरिदका लागि चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायल छनोट गरेको थियो ।

यी देश छनौट गर्दै सेनाले खरिद गर्नुपर्ने स्वास्थ्य सामग्रीको सूचिसहित मंगलबार रक्षा मन्त्रालयमा पत्र पठाएको थियो। रक्षाले सेनाको सिफारिस अनुसारका ती देशलाई पत्राचार गर्न परराष्ट्रमा भनेको छ । बुधबार ती देशमा पत्र पठाउने तयारी भइरहेको परराष्ट्र श्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस