(कोरोनाअपडेट) बिश्वभर ८८ हजारभन्दा बढीको मृत्यु, १५ लाखभन्दा धेरै संक्रमित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २७, बिहिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत्र २७, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ८८ हजार ३२३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर ६ हजार ३९१ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार संसारभर १५ लाख ८ हजार ९६५ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजार ९३३ संक्रमण पुष्टि भएको छ । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि अमेरिका, फ्रान्स, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

इटालीमा १ लाख ३९ हजार ४२२ कुल सङ्क्रमित भएका छन् भने १७ हजार ६६९ को मृत्यु भएको छ । यसैबीच २६ हजार ४९१ निको भएर फर्किएका छन् । स्पेनमा एक लाख ४८ हजार २२० कुल सङ्क्रमित भएका छन् भने १४ हजार ७९२ को मृत्यु भएको छ । यसैबीच ४८ हजार २१ निको भएर फर्किएका छन् । अमेरिकामा ४ लाख २७ हजार ७९ कुल सङ्क्रमित भएका छन् भने १४ हजार ६६५ को मृत्यु भएको छ । यसैबीच २२ हजार ३१४ निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख १२ हजार ९५० कुल सङ्क्रमित भएका छन् भने १० हजार ८६९ को मृत्यु भएको छ । यसैबीच २१ हजार २५४ निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म ६० हजार ७३३ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ९७ को मृत्यु भएको छ ।

इरानमा ६४ हजार ५८६ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ९९३ को मृत्यु भएको छ । यसैबीच २९ हजार ८१२ निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८१ हजार ८०२ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३३३ को मृत्यु भएको छ । यसैबीच ७७ हजार २७९ निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख १३ हजार २९६ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ३४९ को मृत्यु भएको छ । यसैबीच ४६ हजार ३०० निको भएर फर्किएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म २० हजार ५४९ जना संक्रमित भएका छन् भने २ हजार २४८ जनाको मृत्यु भएको छ ।

बेल्जियममा २३ हजार ४०३ कुल सङ्क्रमित भएका छन् भने, २ हजार २४० को मृत्यु भएको छ । यसैबीच ४ हजार ६८१ निको भएर फर्किएका छन् । स्विटजरल्याण्डमा कुल २३ हजार २८० संक्रमित भएका छन् भने ८९५ जनाको मृत्यु भएको छ । त्यस्तै ९ हजार ८०० जना निको भएर फर्किएका छन् । ब्राजिलमा १६ हजार १८० जना संक्रमित भएका छन् भने ८१९ जनाको मृत्यु भएको छ । त्यस्तै १२७ जना ठिक भएका छन् । टर्कीमा ३८ हजार २२६ जना संक्रमित भएका छन् भने ८१२ जनाको मृत्यु भएको छ । त्यस्तै १८ सय ४६ जना निको भएर फर्किएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस