चैत्र २८, काठमाण्डौ । कोरोनाभाइरस लकडाउन अहिले विश्वका कुनै पनि देशका लागि नयाँ विषय भएन । तर, अब यो लकडाउनलाई कुनै पनि देशले भ्याक्सिन पत्ता नलागेसम्म पूर्ण रुपमा हटाउन नहुने सन्देश दिइएको छ । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित एक लेखका अनुसार चीनमा देखिएको महामारीलाई अध्ययन गर्दा लकडाउन नै सबैभन्दा उत्तम उपाय भएको र यसलाई तत्काल पूर्णरुपमा हटाउन नहुने भनिएको छ ।
यो लेखले त चीनको वुहानमा ७७ दिनपछि लकडाउन हटाइएकाले नयाँ चेतावनी पनि दिएको छ– फेरि चीनमा यसको संक्रमण व्यापक रुपमा देखिन सक्छ । हङकङ विश्वविद्यालयका प्रोफेसर जोसेफ टी वुका अनुसार यसको संक्रमण निकै छिटो हुने भएकाले पनि यसमा निकै चनाखो हुनुपर्छ । उनले यो रिसर्च लेखक सहलेखन गरेका थिए ।