चैत्र २८, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत् बेलायती प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोनाविरुद्धको लडाइँमा प्रधानमन्त्री जोनसन बेलायतको नेतृत्व गर्न सक्षम हुने विश्वास गरेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई चार दिनअघि स्वास्थ्य बिग्रिएपछि सघन उपचार कक्ष आईसीयू मा राखिएको थियो । तर, स्वास्थ्यमा सुधार भएसँगै हिजोबाट जनरल वार्डमा सारिएको छ । जोनसन लण्डनस्थित सेन्ट टोमस अस्पतालमा उपचाररत् छन् ।