चैत्र २८, मनाङ । देश लकडाउनमा रहेका बेला दुर्गम जिल्ला मनाङमा औषधि अभाव बढेको छ । गर्मी बढ्दै गएपछि औषधिसहित लेक चढ्ने मनाङवासीहरूलाई औषधिको पुगेको छैन । कोभिड १९ को संक्रमण फैलिन नदिन देश लकडाउन गरिए पनि मनाङमा विदेशीको आवातजावात बढी हुने ठाउँ भएकाले स्थानीयवासी त्रसित छन् । यतिबेला मनाङको सदरमुकाम चामलगायत माथिल्लो मनाङ, नार्पाभूमि लगायत जिल्लाको स्थानीय तहहरुमा नै औषधिको अभाव छ ।
औषधिको अभाव र कोभिड १९ को संक्रमणको मापनका लागि थर्मल गनसमेत नहुँदा समस्या परेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। ‘यहाँका नागरिकले सिटामोल, थर्मोमिटर, जस्ता सामग्री त उपलब्ध गराउन सकिएको छैन, कोभिड १९ विदेशबाट आउने व्यक्तिलाई मात्रै लागेको पाइएको छ, बढी विदेशीको आउजाउ हुने भएकाले यहाँ बढी संक्रमणको खतरा हुन सक्छ तर सरकारको साचो पुग्न सकेको छैन संक्रमण मापनका लागि प्रयोग गर्ने थर्मल गन खरिद गर्न खोज्दासमेत पाउन सकेको छैन,’ अध्यक्ष घले भन्छन्, ‘न त औषधि न त आधुनिक प्रविधिका उपकरण मनाङवासीलाई कसरी बचाउने भन्ने चिन्ता छ’ उपकरण अभावले चिन्तित बनाएको अध्यक्ष घलेले बताए ।