कोरोना अपडेट: निको भएर घर फर्कनेको संख्या बढ्दै, झण्डै ३ लाख ६० हजार बिरामी घर फिरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २८, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २८,काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभरी मृत्यु हुनेको संख्या ९६ हजार ३ सय ७३ पुगेको छ । संक्रमित संख्या १६ लाख १० हजार २ सय २ पुगेको छ । यसले विश्वमा कोरोनाको प्रभाव तिव्र गतिमा फैलिरहेको प्रष्ट हुन्छ । यद्यपी संक्रमित मध्ये उपचारबाट निको भएर घर फर्कनेको संख्यापनि बढिरहेको तथ्याङ्कले देखाउछ । अहिलेसम्म निको भएर घर फर्कने संख्या ३ लाख ५८ हजार ६ सय २७ पुगेको छ ।

वल्र्डोमिटरका अनुसार कुल संक्रमित मध्ये ९६ प्रतिशत अर्थात ११ लाख ६ हजार ८१ जनाको अवस्था सामान्य रहेको छ । कुल संक्रमित मध्ये ४९ हजार १ सय २१ जनाको अवस्था गम्भिर देखिएको छ । वल्र्डोमिटरका अनुसार क्लोज केशका ४ लाख ५५ हजार संक्रमित मध्ये ७९ प्रतिशत अर्थात ३ लाख ५८ हजार ६ सय २७ जना बिरामी निको भएर घर फर्केका छन् भने ९६ हजार ३ सय ७३ जना अर्थात २१ प्रतिशत बिरामीको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ४ लाख ६८ हजार ८ सय ९५ जना संक्रमित रहेका छन । कोरोना भाइरसका कारण सबैभन्दा बढी नागरिकको मृत्यु हुने देशपनि अमेरिका नै भएको छ । जहाँ १६ हजार ६ सय ९७ जनको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस