डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस भन्छन्-‘लकडाउन चांडै हटाउंदा घातक हुन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २९, शनिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अदानोम घेब्रेयेससले लकडाउनका उपायहरु चांडै हटाउंदा घातक हुने चेतावनी दिएका छन् । जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिबन्धहरु खुलुको बनाउने रणनीतिबारे विभिन्न मुलुकसंग छलफल भैरहे पनि यो छिटो हटाउन नहुनेमा जोड दिए ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाका कारण चर्को आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्नेबारे सर्तक हुनु पर्ने बताए । केही यूरोपेली मुलुकहरुमा महामारीको गति केही घटेपनि अरु मुलुकमा तीब्र गतिमा फैलिएको भन्दै सचेत रहनु पर्नेमा जोड दिए । पछिल्लो समय अफ्रिकाको ग्रामिण क्षेत्रमा महामारी फैलिरहेको छ । यता यूरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकहरु स्पेन र इटालीमा प्रतिबन्ध केही खुकुलो पारेपनि लकडाउन भने जारी छ । स्पेनमा केही निर्माण र उत्पादन क्षेत्रका कामदारलाई सोमबारबाट काममा फर्काउने तयारी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस