लकडाउनले देशैभरि रगत अभाव : उपचारमा समस्या,रक्तदान गर्न आह्वान !

Post Thumbnail

चैत्र ३०, काठमाण्डौ । लकडाउनका कारण देशभर रगतको अभाव भएको छ । जसले गर्दा नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामी र सुत्केरी समस्यामा पर्न थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन् । चिकित्सकले उपचारका लागि आवश्यक रगत जुटाउन बिरामीका आफन्तलाई भन्ने गरेका छन्, तर व्यवस्थापन कठिन छ ।

ब्लड बैँकमै रगत अभाव हुँदा उनीहरु रगतको खोजीमा भौतारिने गरेका छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब आठ सय युनिट रगत खपत हुन्थ्यो । लकडाउनयता करिब डेढ सय युनिट मात्रै खपत भइरहेको छ । त्यही पनि सहज व्यवस्थापन हुन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस