आजको तीनसहित कोरोना संक्रमित १२ पुगे, आठ हजार ५ सय ५ को नमुना परीक्षण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाडौं । नेपालमा आठ हजार पाँच सय ५ जनामा कोरोना परीक्षण हुँदा १२ जनामा कोरोना भाइरस कोभिड १९ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार पीसीआर र र्यापिड किटबाट उपत्यका र उपत्यका बाहिर गरी देशभर आठ हजार पाँच सय ५ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो ।

एक सातापछि आइतबार नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका हुन् । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा ३७, ४४ र ५५ वर्षीय भारतीय पुरुष छन्। उनीहरु तीनै जनाको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइराखेको छ ।

यो पनि हेर्नुहोस् :

विरगञ्जमा बसेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण

शुक्रबार हेटौंडामा परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । आइतबार प्रयोगशालामा पुनः परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखिएको हो। यसअघि नेपालमा ९ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन् । अन्य आठजनामध्ये चारजनाको धनगढी र दुईदुई जनाको बागलुङ र टेकुमा उपचार भइराखेको छ ।

देशभर अहिलेसम्म सात हजार ९ सय ७३ जना क्वारेन्टाइनमा बसेका छन् । राजधानी उपत्यकामा १५ र उपत्यका बाहिर ७० गरेर ८५ को आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता देवकोटाले बताए ।

यो पनि हेर्नुहोस् :

थप तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि !

ताजा अपडेट

खोजी गर्नुहोस