(कोरोनाअपडेट) बिश्वभर १ लाख ३४ हजार ५६० को मृत्यु, अमेरिकामा २८ हजारभन्दा धेरैको ज्यान गयो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ४, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशाख ४, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ । १४ लाख ३७ हजार ७६६ कोरोना संक्रमितको उपचार भइरहेको छ भने ५१ हजार १६० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २८ हजार ५२९ जनाको मृत्यु भएको छ । इटालीमा २१ हजार ६४५, स्पेनमा १८ हजार ८१२, फ्रान्समा १७ हजार १६७, बेलायतमा १२ हजार ८६८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस