लकडाउन उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने कपिलवस्तुबाट १४ पक्राउ

Post Thumbnail

वैशाख ७, काठमाडौं । लकडाउन उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना कपिलवस्तुबाट पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका–७ स्थित मस्जिदमा सामूहिक नमाज पढ्ने १४ जनालाई आइतबार दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने सबै मायादेवी गाउँपालिका–७ का स्थानीय हुन् । लकडाउनको समयमा मस्जिदमा प्रार्थना नगर्न पटक–पटक गरिएको आग्रह पालना नगरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी दीपशमशेर राणाले जानकारी दिए । उनीहरूलाई अहिले तौलिहवा वडा प्रहरी कार्यालयमा राखिएको छ । प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर उनीहरूलाई के गर्ने भन्नेबारे निर्णय हुने एसपी राणाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस