लकडाउनको २८औं दिन : उल्लंघनका घटनामा कमी आएन, नियन्त्रणमा कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाडौं । काठमाण्डौ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सोमबार बिहान काठमाडौंबाट ५६८ जनालाई नियन्त्रणमा लिइएको छ । त्यस्तै ललितपुरबाट २२९ जनालाई नियन्त्रणमा लिइएको छ । भक्तपुरबाट ५ जनालाई होल्डमा लिइएको छ ।

मुख्य सडकमा कम रहे पनि भित्री सडकहरुमा निरन्तर मानिसको आवत जावत भइरहेको छ । त्यस्तै ६८ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । सोमबार बिहान ६८ दुई पाङ्ग्रे साधनलाई नियन्त्रणमा लिएको हो । चार पाङ्ग्रे साधनलाई भने नियन्त्रणमा परेका छैनन् । आइतबार काठमाडौं उपत्यकाबाट ३ सय ९७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको थियो । जसमा दुई पाङ्ग्रे ३५६ तथा चार पाङ्ग्रे ४१ वटा रहेका थिए । शनिबार उपत्यकाबाट ३ सय २ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको थियो । जसमा दुई पाङ्ग्रे २८३ तथा चार पाङ्ग्रे १९ वटा रहेका थिए । सवारी साधनलाई बिहानदेखि बेलुकासम्म नै होल्डमा राखिन्छ । आवश्यक परे समन्वय गरेर बढी समयसम्म पनि राख्न सकिने छ ।

गएको बिहीबारदेखि अलि बढी नै कडाइ गरिएको छ । अनावश्यक पास दिइएको छैन । मृत्युसंस्कारमा जाने परिवारका मानिसलाई बाहेक अरु कसैलाई पनि पास नदिने प्रहरीले जनाएको छ । चैत ११ गतेदेखि जारी कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन बैशाख ८ गतेसम्म आइपुग्दा २८ औं दिनमा चलिरहेको छ । सरकारले लकडाउन बैशाख १५ गतेसम्म थपेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस