बैशाख ९,काठमाडौँ । विश्वभरी कोरोना भाइरसबाट संक्रमित संख्या २४ लाख ८२ हजार २ सय १५ पुगेको छ । वल्र्डोमिटरका अनुसार अहिलेसम्म १ लाख ७० हजार ४ सय ७१ जनाको मृत्यु भएको छ ।
संक्रमणपछि ६ लाख ५२ हजार १ सय ७० जना निको भएर घर फर्किएका छन । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार ५ सय १७ जनाको मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म ७ लाख ९२ हजार ९ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणबाट छिमेकी मुलुक भारतमा ५ सय ९२ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म १८ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण भएको छ ।
न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ५३ हजार एक सय ९१ जना रहेको छ । इटालीमा २४ हजार एक सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ ।
त्यस्तै स्पेनमा मृतक संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ र दुई लाख २ सय १० जना संक्रमित भएका छन् । फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ ।
बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।