तेस्रो कोरोना संक्रमित धादिङका युवा आज डिस्चार्ज हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १०, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाडौं । नेपालमा तेस्रो कोरोना संक्रमित धादिङका युवक आज टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । उनको तेस्रो र चौथो स्वब परीक्षण नेगेटिभ आए पछि उनलाई आजै डिस्चार्ज गर्न लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।

संक्रमित धादिङ घर भएका ती युवक सारजाह एयरपोर्ट हुँदै एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए । उनी मार्च १९ तारिख चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी ९५३७ बाट राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । उनको स्वास्थ्यमा समस्या अए पछि स्वास्थ्य जाँच गर्ने क्रममा चैत ११ गते उनमा कोरोना संक्रमण भएको थाहा भएको थियो । उनको डिस्चार्ज सँगै कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ६ पुग्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस