वैशाख ११, काठमाण्डौ । कोरोना महामारीबाट विश्वभर मृत्य हुनेहरुको संख्या १ लाख ८३ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याकअनुसार विश्वभर यो महामारीबाट १ लाख ८३ हजार २७ जनाको मृत्यु भएको हो । विश्वमा कूल संक्रमितको संख्या २६ लाख २३ हजार ४ सय १५ पुगेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा ४६ हजार ५ सय ८३ को मृत्यु भएको छ भने ८ लाख ३९ हजार ६ सय ७५ संक्रमित भएका छन् । यस्तै, इटालीमा २५ हजार ८५ को मृत्यु र १ लाख ८७ हजार ३ सय २७ संक्रमित, स्पेनमा २१ हजार ७ सय १७ को मृत्यु, २ लाख ८ हजार ३ सय ८९ संक्रमित, फ्रान्समा २१ हजार ३ सय ७३ को मृत्यु, १ लाख ५७ हजार १ सय २५ संक्रमित, जर्मनीमा ५ हजार २ सय ७९ को मृत्यु, १ लाख ५० हजार ६ सय ४८ संक्रमित छन् । बेलायतमा १८ हजार १ सय ५१ जनाको मृत्यु भएको छ भने १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित भएका छन् । मध्यपूर्वको देश टर्कीमा पनि १ लाखको हाराहारीमा संक्रमित पुगेका छन् । त्यहाँ ९८ हजार ६ सय ७४ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ ।