(कोरोनाअपडेट) विश्वभरि सङ्क्रमितको सङ्ख्या ३० लाखभन्दा बढी, २ लाख ८ हजारबढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौ । विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ । विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस सङ्क्रमितहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गर्छ ।

उक्त विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ, युरोपियन सेन्टर फर डिजिजेज् प्रिभेन्सन एन्ड कन्ट्रोल, विश्वभरका सरकारी स्वास्थ्य विभागहरू, स्थानीय समाचार तथा स्वास्थ्यकर्मीहरूको ठूलो अनलाइन समुदायबाट तथ्याङ्कहरू लिने गरेको छ । कोभिड १९ का कारण हालसम्म २ लाख ८ हजार मानिसको ज्यान गइसकेको छ । विश्वमा सबैभन्दा धेरै सङ्क्रमण अमेरिकामा देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस