वैशाख २९, काठमाण्डौ । यूएईले नेपाली कामदारहरुलाई आफैँले काठमाडौँ ल्याईदिने भएको छ । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई काठमाडौँ ल्याईदिने भन्दै त्यसको अनुमति दिन पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई वटा विमान आउने जानकारीसहित पत्र आएको तर तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था नरहेको बताएका छन् ।