मेक्सिकोमा ७।५ म्याग्निच्यूडको भूकम्प धक्का

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ १०, बुधबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार १०, काठमाण्डौ । ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर ७.५ म्याग्निच्यूडको भूकम्प गएको छ । मेक्सिकोको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भुकम्पको केन्द्रविन्दु मेक्सिकोको प्रशान्त तटीय राज्य ओक्साका रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

भुइँचालोको कम्पनले केन्द्रविन्दुबाट झन्डै ५ सय किलोमिटर टाढाको राजधानी मेक्सिको सिटीका घरहरू समेत हल्लिएका थिए । मान्छेहरू त्रसित हुँदै सडकमा निस्केका थिए । अहिलेसम्म मेक्सिको सिटीमा कुनै पनि ठूलो क्षति वा हताहतिको खबर छैन । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस