बिहारमा चट्याङ लागेर ८३ जनाको ज्यान गयो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ ११, बिहिबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । बिहारमा चट्याङ लागेर ८३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नौ जनाको ज्यान गएको छ ।

बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस