फ्रान्सका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ १९, शुक्रबार (४ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

असार १९, काठमाडौँ । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिप्पले पदबाट राजीनामा दिएका छन् । उत्तरी शहर ला हाभ्रेको मेयरको रूपमा छनौट भएको केही दिनपछि उनले राजीनामा दिएका हुन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यालयले जनाएअनुसार फिलिपले आफूले दिएको राजीनामा हस्तान्तरण गरिसकेको उल्लेख छ ।

यसैगरी, नयाँ क्याबिनेट नबनेसम्म अहिलेको वर्तमान क्याबिनेटले नै जिम्मा लिने जानकारी गराइएको छ। फ्रान्समा राष्ट्रपति र मुख्य राजनीतिक व्यक्तित्वले प्रधानमन्त्री छनौट गर्ने प्रचलन छ । त्यसपछि उनले सरकार गठन गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस