विद्युतीय तार भूमिगत कार्य सुस्त

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ अषाढ २५, बिहिबार (४ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

असार २५, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन । काम सुरु गरेको करिब एक महिनामै कोरोना विषाणु सङ्क्रमण जोखिमका कारण नेपाल र भारतमा भएको बन्दाबन्दीका कारण यो कार्य जारी भए पनि अपेक्षाकृत तीव्रता पाउन नसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका वितरण लाइन भूमिगत गर्न थालेको हो । बन्दाबन्दीका कारण घर फर्किएका प्राविधिक तथा कामदार आउन नपाउँदा र आवश्यक सामग्री परीक्षण गरी नेपाल ल्याउन समस्या भएकाले काम सुुस्त भएको हो । यद्यपि बन्दाबन्दीका समयमा पनि चाबहिललगायत केही स्थानमा काम जारी राखिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस