पूरा हुँदै प्रधानमन्त्रीको सपना : काकरभिट्टा–इनरुवा खण्डमा रेल निर्माणले गति लिदै

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ श्रावण ११, आईतबार (४ साल अघि)
  • ८४ पटक पढिएको
Post Thumbnail

साउन ११,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्राथमिकतामा रहेको रेल निर्माणको कार्य अगाडी बढेको छ। पुर्वको काकरभिट्टा हुँदै इनरुवा खण्डसम्म रेल निर्माणको ठेक्का प्रकृया अगाडि बढेसंगै रेल अब छिट्टै बन्ने देखिएको छ । रेल निर्माणका लागि आवश्यक जग्गा लिने र मुअब्ज्जा बितरण अन्तिम चरणमा पुगेको जनाइएको छ । रेलको ठेक्कामा केही व्यवसायी समावेश नभएको भनी केही मिडियामा खवर आएयता पनि निर्माण व्यवसायी महासंघ र अधिकाशं व्यवसायीले यहि प्रकृयाबाट अगाडी जानुको बिकल्प नरहेको बताइएको छ । रेलको ठेक्कामा रेल तटबन्धको क्राइटेरिया स्वभाभिक रहेको र बिज्ञले समयमा नै सम्पन्न गर्न अर्को विधि नरहेको महासंघका एक उच्च अधिकारीको दावी रहेको छ।

ती अधिकारीले भने– ‘केही साथीहरु आफुलाइ अनुकुल भएन भनी विभिन्न ठाउँमा जानुभएको छ , यदि पुलमा पुल निर्माण कै अनुभव लिइन्छ सडकमा सडक कै । अनि रेलमा रेल कै अनुभव राख्दा आकास खसेझै गर्नु गलत प्रबृती हो। बाहिर मिडियामा एउटा समाचार दिने र भित्रभित्रै बार्गेनिङ गर्ने काम पक्कै राम्रो हैन ।’ ती अधिकारीले भने–’ ४० टनको लाइभ लोड बहन गर्ने स्ट्रक्चर बनाउन केही विज्ञता रहन जरुरी छ। एक बिकास विज्ञका अनुसार अहिलेको आवश्यकता र बिकासको मोडललाई स्थापित गर्न कुनै हालतमा यो कामलाई समयमा सम्पन्न गर्न जरुरी छ।’

स्रोतका अनुसार विभिन्न निकायमा उजुरी गरि ठेक्का रद्द गर्ने केही व्यवसायीको योजना सफल नहुने देखिएको छ । साथै विभिन्न ठेक्का लिइ समयमा सम्पन्न गर्न नसक्नेका हकमा समेत अब कुनै बहानाबाजी नहुने सरकारको स्पष्ट नीति रहेको ती अधिकारीको भनाइ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस