नेकपा स्थायी कमिटी बैठक अनिश्‍चितकालसम्म स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १३, मंगलबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । आज मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक केहीबेरअघि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए ।

असार १० गतेबाट सुरु भएको बैठक साउन ६ गते आठौंपटक स्थगित गर्दै १३ साउनसम्म धकेलिएको थियो । योबीचमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति खोज्ने भनिए पनि प्रयास सफल हुन सकेको थिएन । शुक्रबार दुई अध्यक्षबीच संवाद भए पनि सहमति जुट्न सकेको थिएन । ओली सहमतिमा नआएको भन्दै प्रचण्ड र माधवकुमार नेपाल समूहले बहुमतबाट भए पनि निर्णय गरेर जानुपर्ने बताएपछि मतभेद चुलिएको थियो । अहिले स्थायी कमिटी बैठक रोकेर सहमति खोज्ने प्रयासस्वरूप बैठक केही दिनका लागि धकेलिएको नेताहरूले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस