साउन १३, काठमाडौं । पूर्वमन्त्री सुनील थापा मंगलबार औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका छन् । थापासहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुविक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलीप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टीकाजंग थापा, नारायण राउत र इन्द्रबहनदुर तामाङ कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरु सबै राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्ने सबैलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरे भने वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर स्वागत गरेका थिए । कोरोनाको कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता मात्रै कांग्रेसमा प्रवेश गरेका र अन्य जिल्लाबाटै प्रवेश गर्ने बताइएको छ ।