नेकपा स्थायी कमिटी बैठकको निष्कर्ष : ओलीले विधि विपरीत बैठक स्थगित गरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १३, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेर विधि विपरीत काम गरेको नेकपा स्थायी कमिटी बैठकले निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बहुमत स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले कसैसँग सल्लाह नै नगरि आफूखुसी बैठक स्थगित गर्नु गलत भएको निष्कर्ष निकालेको हो । बैठक स्थगित भएको जानकारी पाएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेटेका थिए । प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै अध्यक्ष प्रचण्डको अध्यक्षतामा बालुवाटारमै बैठक बसेको हो ।

२९ स्थायी कमिटी बैठक र दुई आमन्त्रित सदस्य सहभागी बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्धति सम्मत ढङ्गले अगाडि बढाउन र नेकपाको अहिलेको सङ्कटलाई सकारात्मक ढङ्गले निकास दिन योगदान पुर्‍याउन पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यलाई आग्रहसमेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस