प्रधानमन्त्री ओली र गौतमबीच बार्ता, पार्टी फुट्न नदिने विषयमा परामर्श

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १४, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार अबेर साँझ भैँसेपाटीस्थित गौतम निवासमा भएको छलफल सम्पन्न भएको छ ।

छलफलमा नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएर छललफल भएको भैँसेपाटी स्रोतले बताएको छ । अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो । प्रधानमन्त्री ओली परिवारका सदस्यसहित गौतम निवास पुगेका थिए । साँझ ९ बजे गौतम निवासबाट बाहिरीएका थिए ।

प्रधानमन्त्रीसँगै पार्टी महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो । भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ । तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गरे ।

विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले बैठकमा दिए । नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राख्नुभएको छ बुँदे मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक प्रतिक्रिया दिए । बैठक सकारात्मक रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस