नेपालले भारतलाई भन्यो-‘कालापानी,लिम्पियाधुरामा जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न सक्दैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १४, बुधबार (४ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

साउन १४, काठमाण्डौ । भारतीय पक्षले कालापानी,लिम्पियाधुरा क्षेत्रमा अवान्छित गतिविधि भइरहेको भनी दार्चुला प्रशासनलाई लेखेको पत्रमा नेपालले कडा जवाफ फर्काएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफ पठाउँदै लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने र घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ । नेपालले यी क्षेत्र आफ्नै भएको दावी गर्दै नक्सामा समावेश गरेको हो । त्यसयता यस क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको छ । भारतीय पक्षको पत्रपछि गृह मन्त्रालयको निर्देशनमा दार्चुला प्रशासनले यस्तो जवाफ फर्काएको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस