नेविसंघको उदाहरणीय काम : एसिड आक्रमणमा परेकी युवतीको अध्ययन खर्च ब्यहोर्ने !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण १५, बिहिबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सीतापाइलामा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी युवतीलाई अध्ययन गराउने जिम्मा लिएको छ । नेविसंघका अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा गएको टोलीले एसिड आक्रमणमा परेकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई भेटेर अध्ययनको जिम्मा लिएको हो ।

नेविसंघका अध्यक्ष राजिब ढुंगानाले कार्कीको अध्ययनको सम्पूर्ण जिम्मा नेविसंघले लिने जानकारी दिए । उनले कार्कीको आगामी अध्ययनको सम्पूर्ण खर्च नेविसंघले व्यहोर्ने बताए । कार्की प्लस टू गरेर अध्ययनका लागि काठमाडौं आएकी थिइन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्कीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

एसिड आक्रमणमा परेकी कार्कीको कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । गत बिहीबार साँझ सीतापाइलामा उनीमाथि एसिड प्रहार गरिएको थियो । प्रहरीले उनीमाथि एसिड छ्याप्ने दुई जनालाई सोही राति पक्राउ गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस