समुदायमा कोरोना देखिएपछि जोखिम बढ्यो, काठमाडौं उपत्यका प्रवेशमा कडाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १६, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १६,काठमाडौँ । देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रुमा कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै यातायात बन्द गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ। उपत्यका प्रवेश नाकाबाट लिइएको स्वाबमध्ये २४ जनामा कोरोना​साथै आजैदेखि लागु हुनेगरी बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको बताइएको छ। उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि बिहीबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार साँगा, नागढुंगा, फर्पिङ नाकाबाट ती स्वाब संकलन गरिएका हुन्।

विभिन्‍न नाका भएर उपत्यका प्रवेश गर्ने क्रम बढेपछि मन्त्रालयले ती नाकाहरुमा कडाइ साथ स्वाब संकलन गरिरहेको छ। केही दिनयता संकलन गरिएको ३ हजार ४ सय ७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएपछि गृहमन्त्रालयले राति काठमाडौं छिर्न निषेध गरेको हो। ​

ताजा अपडेट

खोजी गर्नुहोस