साउन १८,काठमाडौँ । नवगठित नेपाली काँग्रेस (बी.पी) ले काठमाडौ क्षेत्र नम्बर–९ कलंकीमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । सो कार्यक्रममा २०० जना युवाहरुलाई पार्टी प्रवेश गराएको छ । क्षेत्र नम्बर–९ का सभापति प्रभाकर महर्जनको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस (बी.पी) का केन्द्रिय सभापति हरिबोल भट्टराई रहेका थिए । कार्यक्रममा अतिथिहरु पार्टी महामन्त्री तथा पुर्वमन्त्री सुशीलमान शेरचन, महामन्त्री पुष्पराज पराजुली, सह–महामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल पार्टीका नेता भातृसंघ तथा सुभेच्छुक संघका प्रमुख तथा पदाधिकारीहरु रहेका थिए ।
पार्टी सभापति भट्टराईले कार्यक्रममा सत्ताको लागि विदेशीसंग लम्पसार पर्नु राष्ट्रियताको लागि अहित रहेको बताए । उनले भने– नेकपा र ने.का एकै सिक्काका दुई पाटा हुन, कोरोनाको नाममा भएको भ्रष्टाचारमा ने.का को समेत मिलिमतो छ , गाँसबाँस कपास स्वास्थ शिक्षाको सरकारले जिम्मा लिनुपर्छ, पत्रकारहरुको कलम बन्द गर्नेगरी आएको विधेयक सरकारको तानाशाही प्रवृत्ति हो । उनले इन अफ इज इनअफको युवाहरुको मागमा आफ्नो पार्टीको पुर्ण समर्थन रहेको बताए ।उनले भने– अहिले राजनीतिमा नैतिकता हराएको छ । राजनीतिलाई नैतिकवान बनाउन ने.का (बी.पी) को जन्म भएको हो । बिपि कोइराला जस्तो प्रजातान्त्रिक नेताको अनुरागी पार्टीले गणतन्त्र संघियता धर्म निरपेक्षतामा जाँदा प्रजातान्त्रिक प्रक्रिया नअपनाएकोले ने.का (बि पि) को जन्म भएको उनले बताए । ने.का लाई बि.पि, कृष्ण प्रसाद भट्टराई , गणेशमान सिंह लगाएत नेताहरूको फोटो र आफुलाई प्रजातान्त्रिक पार्टी भन्ने अधिकार नभएको उनको जिकिर थियो ।
कार्यक्रममा महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान शेरचन सरकारले कोरोनाको नाममा १० अर्ब देखाएपनि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी , पत्रकार सुरक्षाकर्मीलाई पिपिई, सेनेटाइजर समेत उपलब्ध गराउन नसक्ने, नागरिकको पिसिआर समेतमा तिव्रता दिन नसक्ने सरकारले १० अर्वको हिसाब सार्वजनिक गर्न माग गरे । उनले भने– सरकारले विद्युत नेपाल टेलिकम र पेट्रोलियम पदार्थमा विभिन्न शिर्षकमा लगाएको कर छुट दिई नागरिकलाई शुलभ दरमा सेवा दिनुपर्छ , सरकार र प्रतीपक्ष दल भ्रष्टाचारमा लिप्त भएको भन्दै पाटन कृष्ण मन्दिर र भक्तपुरमा कोणसभा गरेपछि काठमाडौमा मसाल जूलूस र माइतीघरमा विशाल विरोधसभा गरि जिल्ला जिल्ला पुग्ने र राष्ट्रिय आन्दोलनको घोषणा गर्ने बताए ।
कार्यक्रममा महामन्त्री पराजुलीले नागरिकता छानबिन आयोग गठन गर्न माग गरे । भ्रष्टाचारमा नाम आएकाको छानबिन गरी कारबाही गर्न उनको माग थियो । सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेलले राष्ट्रियताको पक्षमा लाग्दा छिमेकीसंग लड्नुपर्दैन भन्दै प्रश्न गरे । सुशासनको पक्ष कायम राखेमात्रै राष्ट्रियता बलियो हुने उनको तर्क थियो । एमसिसी शंसोधन नभई पास भएमा एमसिसी प्रोजेक्ट समाप्त पार्ने घोषणा समेत गरे । सेना राष्ट्रिय चरीत्रको छैन, राष्ट्रिय चरीत्रको सेना हुनुपर्ने आफ्नो परमाधिपती किन जोगाउन सकेन ? सेनामा भ्रष्टाचारको गन्ध किन आउँछ ? मुलुकको वेथिती अन्त्य गर्न सेना अगाडि आउनु पर्छ, कोरोना भाइरस त हामीले सहुला लडौला तर ठूलो जालोमा रहेको भ्रष्टाचार अन्त्य कसरी हुन्छ ? उनको प्रश्न थियो । यस्ता विषयमा लाग्न कार्यकर्तालाई उनले निर्देशन दिए । चुनावमा पैसा खर्च गर्नेका विरुद्ध लड्ने प्रतिबद्धता पौडेलको थियो । विदेशीको इशारामा ल्याइएको संविधानको विस्थापन र बीपि विचार मात्रै राष्ट्र जोगाउने मार्ग रहेको उनको भनाई । कार्यक्रमका वक्ताहरूले नव–प्रवेशीहरुलाई स्वागत समेत गरेका थिए ।