साउन १८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको विवाद हल गर्न बालुवाटारमा छलफल शुरु भएको छ ।
आज आइतबार बिहान ९ः५५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा अध्यक्षद्वयबीच छलफल शुरु भएको हो । छलफलमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहेक वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेता पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।
गएको मंगलबार तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए ।