मन्त्रिपरिषद बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १९, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौ । मन्त्रिपरिषदको बैठक आज साँझ पाँच बजे बस्दैछ । बैठकले अघिल्लो बैठकमै प्रस्ताव लगिएको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ छनोटको निर्णय गर्ने आंकलन गरिएको छ ।

लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा युवराज खतिवडाको नेतृत्वको समितिले सुशील भट्ट, डा सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रिपरिषदमा पठाएको छ ।
मन्त्रिपरिषदको बैठकले यी तीन मध्ये एकलाई लगानी बोर्डको आगामी ४ वर्षे कार्यकालका सीईओ नियुक्ति गर्नेछ । भट्ट राष्ट्रिय योजना आयोगका सदस्य हुन् भने डा कोइराला विदेशी लगानीसम्बन्धि जानकार हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस