‘प्रचण्डसहित वरिष्ठ नेताहरु पार्टी विभाजन र समाप्त पार्ने कसरतमा लागे’ : सूर्य थापा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण २३, शुक्रबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २३, काठमाण्डौ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा अध्यक्ष प्रचण्डसहितका चार नेता पार्टी समाप्त पार्न लागेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सल्लाहकार थापाले प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन र समाप्त पार्ने कसरतमा लागेको बताएका हुन् ।

नेता थापाले चार नेतालाई ग्याङ अफ फोरको संज्ञा दिँदै अहिले नेता खनाल राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, नेता नेपाल पार्टी अध्यक्ष र नेता श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्ने दौडमा रहेको थापाको आरोप छ । १० वर्ष अघि तत्कालीन अध्यक्ष प्रचण्डविरुद्ध मोर्चाबन्दी गर्दा माओवादी विभाजन भएको प्रसंग उल्लेख गर्दै थापाले अहिले धोबीघाट गठबन्धनकै रिहर्सल भइरहेको टिप्पणी गरेका छन् । पार्टीका चार शीर्ष नेताको हिजोको केही पत्रकारमाझ बोलेका विषयलाई लिएर थापाले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

थापाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएका हुन् । अध्यक्ष प्रचण्ड पक्षले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपामा पछिल्लो समय विवाद झन बढ्दै गइरहेको छ । शीर्ष नेताहरुबीच पटक पटक छलफल भएपनि दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस