पाटी फुटे कस्तो हालत हुन्छ भन्ने हेर्न बाबुराम भट्टराई हेरे पुग्छ : नेता रायमाझी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण २३, शुक्रबार (४ साल अघि)
  • ९० पटक पढिएको
Post Thumbnail

साउन २३,अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पाटी फुटे कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराई हेरे मात्रै पनि पुग्ने भन्दै उनले व्यक्तिभन्दा संगठन र पार्टी ठूलो हुने बताएका छन् । सहमति विना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने उनको जिकिर थियो ।

अर्घाखाँचीमा भएको एक कार्यक्रममा नेता रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने पहिलेको सहमति भए पनि सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्व-सहमतिले पारित भएकले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए ।

उनले सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेको समेत टिप्पणी गरे । पाटीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको पनि नेता रायमाझीको भनाइ छ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले यसअघि पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत बनेका नेताहरुलाई कुन पदमा राख्ने भन्ने नै पार्टीमा देखिएको अन्तरविरोधको प्रमुख कारण बनेको बताए।

 

ताजा अपडेट

खोजी गर्नुहोस