कोरोनाको भयाबह स्थिती : बागमती प्रदेशमा आवतजावतमा कडाइ गरिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २७, मंगलबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन २७, हेटौंडा । बागमती प्रदेशमा प्रवेश तथा प्रदेशभित्रका आवतजावतमा थप कडाइ हुने भएको छ । प्रदेश कोभिड संकट व्यवस्थापनको हिजोको बैठकले आवतजावत निरूत्साहित गर्न प्रदेशका नाकाहरू र बजार क्षेत्रहरुमा चेकजाँचलाई कडाइ गर्ने निर्णय गरेको छ । त्यस्तै अत्यावश्यक काममा वाहेक सवारी पास उपलब्ध नगराउने व्यवस्था मिलाउन प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत आवश्यक व्यवस्था मिलाउन निर्देशन पनि दिइएको छ ।

समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण सम्बन्धी कामहरूलाई थप प्रभावकारी बनाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । बैठकले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट प्रदेशभित्रका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाँउपालिका र जिल्ला समन्वय समितिलाई निकासा गरिएको १३ करोड ६७ लाख खर्चको विवरण आन्तरिक मामिला तथा
कानून मन्त्रालयले संकलन गरी पेश गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस